बैतडीमा प्रहरी चढेको जीप दुर्घटना, ‘तीन प्रहरीको मृत्यु’

बैतडी । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मतपेटिका पुर्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

उनले भने, “तीनजनाको मृत्युु भएको भन्ने खबर आ’को छ, उद्धार जारी रहेको आएको खबर छ । म आफैँ घटनास्थल जाँदै छु ।”
जीप सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुन सक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया