नेप्से परिसूचक भारी अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो ।
आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबार दिन एक अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आज दुई अर्बमाथि पुगेको हो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।
जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ । वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ ।
नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ । त्यस्तै, जीवन विकास लघुवित्तको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया