उदिपुर सडक पुन एक साताको लागि बन्द

लमजुङ । करिब ४ महिनापछि सञ्चालनमा ल्याइएको उदिपुरको अस्थायी सडक फेरी एक साताका लागि बन्द गरिएको छ । अहिले सडक बन्द गरेर वर्षायाममा समेत सञ्चालनमा ल्याउने गरि सडक मर्मत थालिएको प्रशासनले जनाएको छ ।
बेसिशहर डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुरमा निर्माण गरिएको अस्थायी सडकमा पुल मर्मत सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अगाडि एक साता लगाएर अस्थायी सडक निर्माण गरिएको उक्त सडकखण्डलाई फराकिलो बनाएर बर्षायाममा समेत सञ्चालनमा हुन सक्ने गरि सडक मर्मत कार्य थालिएको बताइएको छ ।
वैकल्पिक सडक निर्माण गरि सवारी साधन आगमन भईरहेको उक्त सडक आईतबारदेखि एक साताको लागि बन्द गरीएपछि यस अघिकै डाईभर्सन सडक मार्फत सवारी साधन आवतजावत हुन थालेका छन् ।
अघिल्लो बर्ष खसेको पहिरोबाट सडक भासिएपछि बैकल्पिक मार्ग निर्माण गरिएकोमा गत भदौमा फेरी उदिपुरको देउराली डाँडाबाट पहिरो खस्दा गत वर्ष निर्माण गरिएको डाइभर्सन सडक बगाएको थियो ।
बेसिशहर डुम्रे सडकलाई उदिपुर चिप्लेटी नजिकै मध्यमस्र्याङदी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्याम साइड हुदै नेपाली सेनाको चण्डिप्रसाद गण भएर पुरानो रिठ्ठे बगर हुदै उदिपुर निस्कने गरि डाईभर्सन सडक सञ्चालनमा ल्याईएको थियो ।
बेसिशहर नगरपालिकाको इन्धन सहयोग र डुम्रे बेसिशहर चामे सडक आयोजनाको मेशिन तथा प्राविधिक सहयोगमा निर्माण गरिएको अस्थायी सडक आगामी बर्खायामका लागि समेत हुने गरि पुर्न निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए ।
बैद्यका अनुसार एक साताका लागि अस्थायी सडक बन्द गरिएको र पुनः मस्र्याङ्दी तिरैतिर डाईभर्सन सञ्चालनमा ल्याइएको छ ।
सडक कार्यालय प्रमुख इन्जिनियर अच्युत विलास पन्तका अनुसार १ सय ६० मिटर चौडाईको पहिरो खसेपछि कम्तिमा ५ मिटर चौडाईको एक सय लामो अस्थायी सडक निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याईएकोमा पुनः एक साताको लागि बन्द गरेर मर्मत थालिएको बताए।
नयाँ बजेटबाट सडक निर्माण गर्न केहि समय लाग्ने भएकाले अहिले उक्त सडकलाई बर्खायाममा सञ्चालन हुने गरि मर्मत थालिएको उनको भनाई छ । अघिल्लो बर्षको भदौ ११ गते पहिरो खसेपछि अस्थायी रुपमा डाईभर्सन निकालेर सवारी साधन सञ्चालन गरिएको थियो ।
उक्त सडक पनि गत असार ४ गतेको पहिरोले बगाएपछि वैकल्पिक रुपमा मस्र्याङ्दी नदि तिरैतिर डाईभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।
नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाईभर्सनबाटै उठाईने र यसका लागि २२ करोड रुपैयाँको बजेट स्वीकृत भएको बताए।
उक्त बजेटबाट यस अघिको सडकलाई जोडिने गरि १ सय ६० मिटरको सडक निर्माण गरिने आयोजना प्रमुख पन्तले बताए ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया