बिर्तामोडमा एओजी धुमधामसँग सम्पन्न

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।
तीस जना राइडरहरूको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरहरू यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे ।
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भन्छन्, “टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौँ ।”
टीभीएसका प्रमुख मार्शल गौरवले सम्पूर्ण कार्यक्रमको अनुगमन गरेका थिए भने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया