काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

काठमाडौँ । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ । मंसिर ११ र १२ गते हुने यो सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो ।
काठमाडौँमा आयोजना हुने यो सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरका साथै स्विजरल्याण्ड, जापान, दुवाई लगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहने छ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्दा हुनेछ ।
यसका साथै डिजिटल हेल्थमा नेपालका दुरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनको मुख्य छलफलको विषय बन्ने बताइएको छ ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया