आहा रारा गोल्डकपलाई फेरि १० वर्ष हिमश्री फुड्सले सघाउने

पोखरा । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले पुनः १० वर्ष सहयोग गर्ने गरी सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच २०८८ सम्मको प्रतियोगिताका लागि करार सम्झौता गरिएको हो ।
हिमश्री फुड्सले नै प्रायोजन गरेपछि तत्कालीन क्याराभान कपलाई आहा रारा गोल्डकप नामाकरण गरिएको हो । यसअघि २० वर्षसम्म आहा राराको नामबाट प्रतियोगिता सम्पन्न भएको छ । हिमश्री फुड्सले पहिलो १० वर्ष र दोश्रो १० वर्षको सम्झौता गरेको थियो ।
नयाँ सम्झौताअनुसार हिमश्रीले वार्षिक रुपमा आगामी पहिलो ३ वर्ष १८ लाख, दोश्रो ३ वर्ष २१ लाख, तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँका दरले दिने छ । त्यस्तै प्रतियोगिताको व्यवस्थापकीय कामका लागि अतिरिक्त आन्तरीक खर्च बापत पहिलो प्रत्येक ३ वर्ष एकमुष्ठ ४ लाख ५० हजार, दोश्रो प्रत्येक ३ वर्षमा ५ लाख २५ हजार, तेश्रो प्रत्येक ३ वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख प्रदान गर्ने छ ।
स्व। सूर्यबहादुर केसी र उनका परिवारले सहारा क्लवले नै संचालन गरेको सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग गरेको छ । उक्त एकेडेमीको नाम पनि स्व। सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीमा राखिएको छ । उक्त एकेडेमीलाई सन्चालन गर्न केसी परिवारले १० वर्षसम्म वार्षिक रुपमा १५ लाखका दरले सहयोग गर्ने सम्झौता भएको छ । गत २ वर्षको ३० लाख क्लवले प्राप्त गरिसकेको अध्यक्ष हरिराम गुरुङ ९सुरज०ले जानकारी दिए ।
















विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया