बिहीबार, चैत ५, २०८२

आजकाे तरकारी र फलफूलको मूल्य

मेरोन्यूज २०७९ मंसिर १५ गते १०:२७

 
काठमाडौ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा  ताेकेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी, हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ६६, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४१ रुपैयाँ, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ ३३ पैसा , कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा , अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेकाे समितिले जनाएकाे छ । 

 त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा , गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा,  घिरौला ७६ रुपैयाँ ६७ पैसा , चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा , कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ७६, निबुवा ४६ रुपैयाँ ६७ पैसा ,  लोकल परवल ५५ रुपैयाँ, पालु‌गो साग ११३ रुपैयाँ ३३ पैसा , भारतीय सुकेको प्याज ३६ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया