सिरियामा भएको नयाँ सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधवार आफ्ना टर्कीका समकक्षलाई टेलिफोन संवाद गर्दै सिरियामा टर्कीको नयाँ सैन्य कारबाहीप्रति आफ्नो देशको तर्फबाट ‘कडा विरोध’ गर्दै देशमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।
‘ रक्षामन्त्रीले अस्टिनले टेलिफोन संवादमा इस्तानबुलमा नोभेम्बर १३ मा भएको आक्रमणप्रति शोक व्यक्त गरे’, पेन्टागनले भन्यो ।
‘ भर्खरै भएका हवाई आक्रमणहरू सहित उनले उत्तरी सिरिया र टर्कीमा बढ्दो कारबाहीप्रति चिन्ता व्यक्त गरे । प्रहार भएकामध्ये केही हवाई हमलाले सिरियामा स्थानीय साझेदारहरूसँग आईएसआईएसलाई पराजित गर्न काम गरिरहेका अमेरिकी कर्मचारीहरूको सुरक्षालाई प्रत्यक्ष रूपमा खतरामा पारेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।
रक्षामन्त्रीले तनाव न्युनका लागि आह्वान गरेका र सिरियामा नयाँ टर्की सैन्य कारबाहीको लागि विरोध गरेका छन् ।एजेन्सी
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया