म्यादी प्रहरीबाट बिदा भएपछि युवतीको हत्या, घटनामा संलग्नको खोजी तीव्र
काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले घटनामा संलग्नलाई पक्राउ गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘मान्छेको पहिचान भइसकेको छ, पक्राउ गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।’
घटनामा संलग्न व्यक्तिले प्रेमिका भनिएकी मायाको घाँटी रेटेपछि उनीसँगै रहेकी नेहा लुहारलाई पनि लखेट्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको नायब प्रहरी महानिरीक्षक आचार्यले बताए ।
बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा माया लुहारको शव फेला परेको थियो । यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
नेहालाई घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घर परिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार माया मृतावस्थामा र नेहा गम्भीर घाइते अवस्थामा भेटिएकी हुन् ।
माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेको बताइएको छ । सशस्त्रका ती जवानले केही समयअघि मायाको मोबाइल नियन्त्रणमा राखेका थिए । मोबाइल लिन भनेर मायालाई बोलाएको र त्यही हत्या गरिएको प्रहरीको शंका छ । दुवै जना प्रेम सम्बन्धमा रहेको र कुरा नमिलेपछि हत्याको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थल रक्ताम्य अवस्थामा रहेको र चक्कुसमेत फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । उनले भने, ‘घटनामा संलग्न व्यक्तिको खोजीका लागि भारतीय सीमाक्षेत्र र सुदूरपश्चिमका सबै प्रहरी युनिटलाई सक्रिय पारिएको छ ।’
मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । परीक्षण रिपोर्ट भने आउन बाँकी छ । बलात्कारपछि हत्या भए नभएको बारे परीक्षण रिपोर्ट आएपछि मात्रै थाहा हुने जनाइएको छ । शव र घटनास्थलको प्रकृति हेर्दा भने बलात्कारको शङ्का गर्न नसकिने प्रहरीको दाबी छ ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया