कतार विश्वकप २०२२
नेदरल्यान्ड्स अमेरिकालाई पराजित गर्दै क्वार्टरफाइनलमा
नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले हराउँदैं अन्तिम ८ मा स्थान पक्का गरेको छ

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गदैं क्वाटर फाइनल प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अमेरिकालाइ ३-१ ले हराउँदैं अन्तिम ८ मा स्थान पक्का गरेको हो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डली ब्लिन र डेनजल मुम्फ्रिसले एक एक गोल गरे। अमेरिकाका लागि आजी राइट्सले एक गोल फर्काए।
कतारको खालिफा इन्टरनेशनल स्टेडियममा १० औं मिनेटमा नेदरल्यान्ड्सका मेम्फिस डिपेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सकै मिडफिल्डर डली ब्लिनले अग्रता दोब्बर पारेका थिए ।
दुवै गोलमा मिडफिल्डर डेन्जल डुमफ्रिसले असिस्ट गरेका हुन्।

पहिलो हाफको समाप्तिमा नेदरल्यान्ड्स २-० ले अघि थियो । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकेको थिएन ।
विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ ब्यहोरेको थियो । तर खेलको ७६ औं मिनेटमा हाजी राइट्सले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत गरेका थिए। तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्को गोल थप्दै सहज जित हात पार्यो।
यो सँगै कतार विश्वकपमा क्यावटर फाइनलमा पुग्ने नेदरल्याण्ड्स पहिलो टिम बनेको छ । अव आजै अर्काे खेल अर्जेन्टिना र अष्टेलियाका वीचमा हुँदैछ ।

















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया