कतार विश्वकप : आज फ्रान्स र पोल्यान्ड, इंग्ल्यान्ड र सेनेगल भिड्दै

काठमाडौं। कतार फिफा विश्वकपअन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन् । दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ ।
फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३-२ ले जितेको थियो । पोल्यान्ड समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो ।
पोल्यान्ड भने समूह सी को उपविजेता भएको हो । पछिल्लो सात भेटमा फ्रान्स पोल्यान्डविरुद्ध अपराजित छ । सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ ।
राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमुने सामुने हुनेछन् । खेल अल बायत मैदानमा हुनेछ । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो । विश्वकपमा इंग्ल्यान्डले एक सय गोल पूरा गरेको छ ।
अफ्रिकन च्याम्पियनविरुद्ध इंग्ल्यान्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन् । सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो ।
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया