आपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन
मेरोन्यूज
२०७९ मंसिर १८ गते १३:२१

सान साल्भाडोर । अपराधिक गिरोहविरुद्धको वृहत दमनको एक अंशको रूपमा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन् । सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् र गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य गरेको छ ।
अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकेका छन् र कागजातहरू जाँच गरिरहेका छन् । पछिल्लो कारबाही यस वर्षको सुरुमा हिंसामा बृद्धि भएपछि गिरोहहरू विरुद्धको ठूलो दमनको एक हिस्सा हो ।
हालसम्म १२ जना पक्राउ परेको न्यायमन्त्रीले बताए । सोयापांगो एल साल्भाडोरको सबैभन्दा ठूलो शहरमध्ये एक हो । यहाँ २ लाख ९० हजारभन्दा बढी मानिसहरू बसोबास गर्छन् । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर (८ माईल) पश्चिममा रहेको यो सहर लामो समयदेखि गिरोह गतिविधिको केन्द्रको रूपमा परिचित छ ।एजेन्सी
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया