सामान्य अंकमा बढ्यो नेप्से
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।
आजको भएको कारोबारमा २४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर एक अर्ब ५६ करोड १७ लाख दुई हजार ९९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ । वृद्धि देखिएका उपसूचकमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक एक सय ८३ दशमलव ३६ र निर्जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ६९ अङ्कले बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक ४४ दशमलव ५३, लघुवित्त समूहको उपसूचक १६ दशमलव ३५, व्यापार समूहको उपसूचक १५ दशमलव ४४ र अन्य समूहको उपसूचक १० दशमलव ८५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचक तीन दशमलव ९८ अंकले, लगानी समूहको उपसूचक शून्य दशमलव ४४ अंकले र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव ०८ अङ्कले बढेको छ ।
आजको कारोबार पछि सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ११ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको रु १९ करोड ८० लाख ६७ हजार चार सय ९३ बराबरको कारोबार भएको भने सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ४८ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया