शुक्रबार, चैत ६, २०८२

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट हुने

मेरोन्यूज २०७९ मंसिर १८ गते १९:३७

काठमाडौँ । सानिमा बैंकले नेपालमै पहिलोपटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायमा गर्नु पर्ने हुन्छ । त्यसैले, यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृति पत्र सानिमा बैंकले ल्याएको छ ।

हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेलमार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्यूआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिने छ ।

सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरूबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम एक करोड रुपैयाँसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ । बैंकले सबै प्रदेशबाट १३० वटा कार्यालय र १२३ वटा ए.टि.एम. सञ्जालहरु रहेका छन् ।

प्रतिक्रिया