‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।
जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ ।
स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् ।
कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन् ।















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया