सानिमा बैंकले मनायो १८ औं वार्षिकोत्सव

काठमाडौं । सानिमा बैंकले बैंकको १८ औं बार्षिकउत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ । बुधबार बैंकले बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
उक्त कार्याक्रमलाई सम्बोधन गदैं प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गरेका थिए । बैंकलाई यो अवस्था सम्म ल्याउन बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुको ठूलो भूमिका रहेको भन्दै उनले प्रत्यक्ष अप्रत्यक्ष बैंकसँग जोडिएका सवैप्रति कृतज्ञता व्यक्त गरे
आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने पनि उनले बैंकको बार्षिक उत्सवको अवसरमा जानकारी दिए ।
त्यस्तो तालिम तथा प्रशिक्षणले कर्मचारीहरुको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादनमार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।
त्यसैगरी आगामी २०७९ पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरुमार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने प्रबन्ध मिलाइएको पनि बैंकले जनाएको छ ।
सानिमा बंैकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृतरुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्ने बैंकले जनाएको छ ।
सानिमाको सातै प्रदेशमा १३० वटाकार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु संचालनमा रहेको पनि बार्षिक् उत्सवका अवसरमा जानकारी गराइएको थियो ।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया