अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्ड्सको दाँउ

काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ ।
दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो ।
सोहि हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ । भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।
यता मेसी भने पाँचौपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकप समेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेसी माथि हुन्छ नै ।
मेसीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डि पाउल जस्ता खेलाडीको साथ हुनेछ ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया