यी हुन् एमालेका कर्णाली प्रदेशसभा समानुपातिक सांसद
मेरोन्यूज
२०७९ मंसिर २४ गते १७:५६

काठमाडौँ । नेकपा एमालेको आज बसेको बैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।
नेकपा एमालेको आजको बैठकले निर्वाचन आयोगलाई बुझाएको सूचीअनुसार हुम्लाका कलबहादुर हमाल चयन भएका छन् । यस्तै, जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ, दलित महिलाबाट दैलेखकी गमता वि.क., खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् ।
एमालेले प्रत्यक्षतर्फका २४ सिटमध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिटसहित तेस्रो दल बनेको हो । १४ सिटसहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक–एक सिट परेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया