चीनमा बढ्दै कोभिड संक्रमण
मेरोन्यूज
२०७९ मंसिर २७ गते १३:०३

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् ।
‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिंगमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।
देशले भाइरससँगै बाँच्नको लागि शून्य–कोविड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अबलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् । एजेन्सी
सम्बन्धित
















उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया