बुधबार, माघ १४, २०८२

मोटरसाइकल चोरेर फरार युवक पेस्तोलसहित पक्राउ

मेरोन्यूज २०७९ मंसिर २९ गते १६:३४

काठमाडौँ । मोटरसाइकल चोरी गरी फरार सिरहाको विष्णुपुर गाउँपालिका ३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।

विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार भएका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया