मेस्सी र एम्बाप्पेको खेलमा गुगलले तोड्यो रेकर्ड

काठमाडौँ । गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् ।
‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो,’ पिचाईले ट्वीट गरेका छन् । गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।
अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमाञ्चक बनेको थियो ।
त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो ।
यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो ।
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया