एनसेलले तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिँदै

काठमाडौँ । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ ।
गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ ।
आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागीतामा आइसिटी अवार्डको ग्राण्ड फिनाले हुँदै छ । उक्त फिनालेमा वुमन आइकनसहित १२ बढी विधामा आइसिटी अवार्ड वितरण गरिदैछ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया