बिहीबार, माघ १५, २०८२

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ नहुने

मेरोन्यूज २०७९ पुष ७ गते १२:५५

काठमाडौं । नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्। सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सविता भण्डारी लगायतका वकिलहरु सर्वोच्च बारको अधिवेशनमा सहभागी हुने भएका हुन्।
नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया