१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट गर्ने गृहमन्त्रालयको निर्णय

काठमाडौं । गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको छ । शुक्रबार शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।
जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग बुझाइएको छ । अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको हो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको छ ।
विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।
४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए ।
उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया