आइतबार, चैत ८, २०८२

बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवा सुरु

मेरोन्यूज २०७९ पुष १२ गते १७:५१

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्रायसहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेको छ । जसमा आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुने गरी खिचिएको क्लियरिङ्ग चेक कियोस्क मेसिनमार्फत जम्मा गर्न सकिने सेवा सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस सेवामार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्ने छन् । यस सेवाको सुरुवातपश्चात् ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन आफ्नो जम्मा गर्नु पर्ने क्लियरिङ्गका चेक मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।

ग्राहकलाई सहज बैंकिङ्ग प्रदान गर्नु पर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यस सुबिधामा ग्राहकले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नु पर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएका व्यक्तिको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरण राख्नु पर्ने छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया