एफसी बर्नमाउथमाथि चेल्सीको सहज जित
मेरोन्यूज
२०७९ पुष १३ गते ९:१४
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक–एक गोल गरे ।
खेलको १६ औँ मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औँ मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रो गोल ४४ औँ मिनेटमा गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन ।
जितपछि चेल्सी १५ खेलबाट २४ अंकसहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंकसहित १४ औं स्थानमा छ ।
मंगलबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३-० ले पराजित गरेको छ ।
सम्बन्धित
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया