नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।
नक्साल स्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ ।
१८ बर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।”
यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने छन् । प्राथमिक छनौट प्रक्रिया पछिफाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुबै शोहरुको आवेदन दिने मिति जनवरी को अन्तिम तारिक तोकिएको छ ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् ।
साथै मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा,दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिनश्रेष्ठले निर्देशन गर्ने भएका छन् ।
उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस् ।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो हरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले रु एक करोड पाउनेछन् । साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् ।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि रु एक करोड पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले रु ३० लाखर सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया