शीतलहरले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित
काठमाडौँ । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ ।
पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् ।
चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए ।
रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताइएको छ ।
चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले बताए । चिसोबाट जोगिन ठाउँठाउँमा आगो बालिएको जनकपुरधाम उपमहानगर १६ का परमेश्वर साह बताउँछन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजको तापक्रम आठ डिग्रीमा झरेको र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको छ ।
चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको श्री जनता माविका शिक्षक वीरेन्द्र यादव बताउँछन् । उनले भने, “कतिपय विद्यालयमा अर्धवाषिक परीक्षा चलेकाले विद्यार्थी परीक्षाका लागि आएका छन् ।”
मधेस प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिलाई पर्याप्त मात्रामा लुगाफाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका दलित अभियन्ता रामप्रित दास बताउँछन् ।
कुहिरोले जनकपुरधाम–काठमाडौँ र काठमाडौँ–जनकपुरधाम विमान सेवा आंशिकरूपमा प्रभावित बनेको बुद्ध एयरका जनकपुरधाम प्रमुख विजयप्रसाद सिंहले बताए ।
जाडो बढेपछि त्यसबाट सुरक्षित रहन गरिब, विपन्न तथा यात्रीलाई लक्षित गरेर जनकपुरको ठाउँठाउँमा दाउरा ल्याएर आगो बालिएको छ । जनकपुरधाम उपमहानगरपालिका, स्थानीय सुरक्षा निकाय तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा आगो बाल्ने काम भएको हो ।
आगो बाल्ने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठसहितका सुरक्षा निकायको सहभागिता थियो ।
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया