कपाल काट्ने व्यवसायले फेरियो जीवन शैली

काठमाडौँ । स्थानीय बराहाताल गाउँपालिका ५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै काम गर्नु पर्ने बाध्यताले सतायो ।
परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दा पढ्दै पढाइ छोड्नु पर्यो । परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरुको जग्गा अधिया गरेर खानु पर्ने बाध्यता थियो ।
बुबाले छ महिनासम्म भारतको कालापहाड गएर कमाएको रकमले शिक्षा दीक्षाको कुरै छोडौँ खाना लाउनसमेत परिवारलाई धौधौ हुन्थ्यो ।
आर्थिक अवस्था नाजुक भएपछि दिलबहादुरले आफ्नो पढाइ बीचमै छाड्नु परे । भाइबहिनीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले आफैँ कमाइ गरेर योजना योजना बनाए । तर, न पढाइ छ नत कुनै ज्ञानको अभावमा कतै पनि काम गर्ने अवसर मिलेन ।
अन्ततः उही कालापहाड गएर कमाउने उद्देश्यले उनी भारतको सिम्लातर्फ गए । त्यहाँ गएर अनेक दुःख पाएर छ महिनापछि फर्किएका दिलबहादुरको घरको अवस्था उस्तै दयनीय थियो । आफूसँगैका साथीहरू विद्यालय गइरहेका हुन्थे । तर, उनलाई पढ्ने इच्छा भए पनि घरको जिम्मेवारी काँधमा आइसकेकाले जीवनदेखि हार खाएका थिए ।
एकदिन गाउँमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदैछ भन्ने सुनेर दिलबहादुरले आवेदन दिएकामा वडा कार्यालयले पनि उनको नाम सिफारिस गरेर पठाएछ ।
गाउँपालिकासँगको समन्वय र सेभ द चिल्ड्रेनले साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर परियोजनामार्फत १८ वर्षदेखि २४ वर्षसम्मका युवालाई उद्यमशिल बनाउने तालिम सञ्चालन गरेको थियो ।
तीन महिनासम्म कपाल काट्ने सीप सिकेपछि केही गर्न सक्छु भन्ने आँट आएकाले दिलबहादुरले भने, ‘बराहाताल गाउँपालिका र स्याक नेपालले मलाई कपाल काट्नेसम्बन्धी सीप सिकायो, त्यसपछि मलाई अब केही गर्न सक्छु भन्ने लागेकाले कपाल काट्ने व्यवसाय सञ्चालन गर्ने योजना बनाएँ ।’
‘कपाल काट्ने योजना त बनाएँ तर मसँग एक रुपैयाँ पनि थिएन,’ उनले भने, ‘पावर परियोजनाबाट मलाई २८ हजार रकम व्यवसाय सञ्चालन गर्न सहयोग मिल्यो, त्यही पैसाले गाउँपालिकाको बड्डीचौर बजारमा कपाल काट्ने व्यवसाय सञ्चालन गरेँ ।’
व्यवसाय सुरु गर्दा खासै चलेन । तर, केही समयपछि सोचेभन्दा धेरै आम्दानी हुन थाल्यो । उनले भने, ‘यहाँ कपाल काट्न पाइन्छ रे भन्ने थाहा पाएपछि अहिले मेरो सैलुनबाट दैनिक १५ सय जति कमाइ हुन्छ ।’
सीप सिकाउने र व्यवसाय सञ्चालनमा बाटो देखाउने संस्थाप्रति आभार प्रकट गर्दै दिलबहादुरले यही खर्चबाट भाइबहिनी पढाउनेदेखि घरखर्च धान्न सहज भएकाले सीप सिकाउने संस्थाप्रति आभार व्यक्त गरे ।
सरकारले आफूजस्तै युवालाई सीप सिकाएर स्वदेशमै रोजगारी सिर्जना गराउनसके विदेश जानु पर्ने बाध्यता हट्ने उनको सुझाव छ ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी पुनमगरले कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।
स्थानीय सरकारसँग पनि उद्यमशीलतासम्बन्धी कार्यक्रम छन् । उनले भनिन्, ‘एउटै खालका कार्यक्रमलाई सँगसँगै लिएर ठूलो सङ्ख्यामा युवालाई सीप सिकाएर स्वरोजगार बनाउन हातेमालो गर्छौं ।’
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया