बुढीनन्दा पालिकाको कार्यालयमा आगजनी
मेरोन्यूज
२०७९ पुष १५ गते २०:१४
काठमाडौँ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ ।
बिहीबार राति नगरपालिकाको मूल ढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ ।
रातको समयमा कसले आगजनी गर्यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए ।
केही महिना पहिला नगरपालिकाको प्रावधिक फाँटबाट ल्यापटवलगायत समान चोरी भएको थियो ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया