सप्तरीमा आठ सय १० केजी गाँजा बरामद

सप्तरी /सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियाे । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरी गाँजाका बोरा लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको प्रहरी जनाएको छ ।
विशेष सूचानाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्कासहितको प्रहरी टोली खटी बालुवा खनेर हेर्दा एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा नाै बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ बोरामा लुकाई राखेको गाँजा भेटिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । उनले प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद् भएको जानकारी गराए ।
बेबारीसे अवस्थामा फेला परेको उक्त गाँजा नियमानुसार बरामद गरि गाँजाका सम्बन्धमा सुक्ष्म रुपमा बिस्तृत अनुसन्धान कार्य भईरहेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया