सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (फोटोफिचर)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल आइतबार एका भब्य कार्यक्रमका बीच उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको हो । आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।
आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।
विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो। यस अघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो।
समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ।























दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया