सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम अर्ब नाघ्यो
मेरोन्यूज
२०७९ पुष १७ गते १५:१९

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ ।
नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।
साथै, २६१ कम्पनीको कारोबारमा एक करोड आठ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुरसञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
कूल १२१ कम्पनीको सेयर उकलो लागेको छ । ८७ कम्पनीको मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।
आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया