सिडिओ र सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशनः छरितो सेवा उपलब्ध गराउनु

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लाका सुरक्षा निकायका प्रमुखसँग बैठक बसेका छन् ।
गृहमन्त्रालयबाट भर्चुअल रुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने भएका छन् । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।
आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृह प्रशासनको सेवा छिटो र छरितो रुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ ।














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया