नर्भिक हस्पिटलले सुरु गर्यो मिर्गौला प्रत्यारोपण सेवा

काठमाडौं । नर्भिक हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवाको सुरू गरेको छ। यस क्रममा हस्पिटलले हालसम्म दुई व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ। मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया श्रीमतीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको बताइएको छ।
आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने जानकारी हस्पिटलले जानकारी दिएको छ।
हस्पिटलका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरूको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएका छन्।
हस्पिटलमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको हस्पिटलले बताएको छ।
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरूमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरू भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने हस्पिटलको भनाइ छ।
हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जानकारी गराएको छ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया