सोमबार, चैत २३, २०८२

महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने

मेरोन्यूज २०७९ पुष १९ गते १४:१८

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पालिकाले ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

संघीय सरकारले ६० वर्ष उमेर पुगेर निवृत्त हुनेलाई एकमुष्ट २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताए ।

पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ । महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउन पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ ।

यसका लागि कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।

छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेवीकाका लागि महत्वपूर्ण भएको बताए । यो निणर्यले स्वास्थ्य क्षेत्रमा काम गर्नेका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई थप उत्साहित बनाएको बताए ।

प्रतिक्रिया