उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन् ।
उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत गृहमन्त्री लामिछानेले जनाएका थिए ।
लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताए ।
उनले भने,–‘ मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्युले ठूलो रकम देखाउनुभएको छ । आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन् । निर्धक हुनुस् । हिजोको जस्तो अवस्था रहँदैन । सुरक्षा निकाय अहिले जुन पूर्वाधार र मनोवलमा कमी छ । हामीले मोटिभेट गर्नसकेका छैनौं । यहाँ भित्र पनि चलखेल र राजनीतिक दबाब धेरै भएको हुनाले त्यहाँ हामीले राजनीतिक हस्तक्षेप गर्दैनौं भनेका छौं । प्रमुख जिल्ला अधिकारीहरुलाई कुनैपनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनैपनि राजनीतिक दलहरुको दबाब आए कारबाही पर्नेछन् । त्यस्तो रेकर्ड भयो भने कसैले फोन गरेर यो मान्छे,सामान छुटाइदिनुस् भन्यो भने त्यसलाई कारबाही गर्ने कानूनी प्रावधान रहेको छ । यहाँहरु पनि सचेत हुनुहोला ।’
उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गदैं लामिछानेले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए ।
उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह समेत गरे ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया