सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार

काठमाडौं । साताको चाैथाे कारोबार दिन बुधबार सेयर बजारमा ६४ बढेको छ । नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो ।
मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो ।
साथैै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।
यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त बित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ ।
आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । इन्भेष्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दाबढीले मूल्य वृद्धि भएको छ । बाँकी सबै उपसुचहरुमा पनि वृद्धि भएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया