होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके

होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन् ।
महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/सङ्गठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन भएका छन् ।
महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल चयन भएका हुन् । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नव निर्वाचित अध्यक्ष चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताए । उनले हेटाैँडामा महासङ्घको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योग सरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने बताए ।
महाधिवेशनमा देशभरबाट सात सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया