महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेण्टलमा विशेष छुट

काठमाडाैँ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि अनवरत वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने भएको छ । यसको सुरुवात चाबहिलमा अवस्थित ओम समाज डेण्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले हस्पिटलको ओपीडी डक्टर कन्सुलेसन एण्ड चेकअप सेवा निशुल्क, जनरल डेण्टल उपचार सेवामा १५ प्रतिशतलगायत छुटको व्यवस्था गरेकोक छ ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरे र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका थिए । यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
प्रतिक्रिया