नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस साझेदारीको साथ बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ ।
बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । वरिष्ठ सीईओ शाक्यले दिगो वित्त पोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।
दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया