विदेशबाट अवैध रकम भित्र्याउने शाहसहित ६ जना पक्राउ

काठमाडौँ । विदेशबाट शंकास्पद तबरबाट रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाहसहित छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शाहसहित विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद रहेका छन् ।
प्रहरीका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौँबाट म्याद लिइएको छ ।
शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउँदै आएका थिए ।
अनुसन्धानका क्रममा पक्राउ गरी हिरासतमा राख्नु पर्ने देखिएपछि शुक्रबार अपराह्न शाहसहित सबैलाई पक्राउ गरिएको सीआईबीले जनाएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएका थिए ।
तत्कालीन अर्थमन्त्रीको दबाबसँगै शाहले पत्रकार सम्मेलन गरेर आफूले जायज रुपमा रकम ल्याउन खोजेको बताउँदै आएका थिए ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया