विदेशबाट अवैध रकम भित्र्याउने शाहसहित ६ जना पक्राउ

काठमाडौँ । विदेशबाट शंकास्पद तबरबाट रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाहसहित छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शाहसहित विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद रहेका छन् ।
प्रहरीका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौँबाट म्याद लिइएको छ ।
शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउँदै आएका थिए ।
अनुसन्धानका क्रममा पक्राउ गरी हिरासतमा राख्नु पर्ने देखिएपछि शुक्रबार अपराह्न शाहसहित सबैलाई पक्राउ गरिएको सीआईबीले जनाएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएका थिए ।
तत्कालीन अर्थमन्त्रीको दबाबसँगै शाहले पत्रकार सम्मेलन गरेर आफूले जायज रुपमा रकम ल्याउन खोजेको बताउँदै आएका थिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया