पूर्ण खोप पालिका घोषणा गर्ने महानगरको तयारी

काठमाडौँ । विराटनगर महानगरले पूर्ण खोप पालिका घोषणाका लागि पूर्व तयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासँग पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ ।
विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए । उनले महानगरभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन कार्य भइरहेको बताए ।
महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए । महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको जानकारी दिएका थिए । सात पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने उनको भनाइ थियो ।
महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नु पर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकसमेतमा वृद्धि हुने बताए ।











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया