पूर्ण खोप पालिका घोषणा गर्ने महानगरको तयारी

काठमाडौँ । विराटनगर महानगरले पूर्ण खोप पालिका घोषणाका लागि पूर्व तयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासँग पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ ।
विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए । उनले महानगरभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन कार्य भइरहेको बताए ।
महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए । महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको जानकारी दिएका थिए । सात पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने उनको भनाइ थियो ।
महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नु पर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकसमेतमा वृद्धि हुने बताए ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया