अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुँदै

अर्घाखाँची। अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्थाहरु अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ ।
महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
‘नेपालमा पहिलो पटक चेम्वर अफ कमर्स र उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौं’ मिश्रले भने ‘यो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं ।’
मेलामा स्थानीय व्यवसायी तथा उद्यमीहरुको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए ।
यही माघ ११ गतेदेखी २४ गतेदेखी सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी शुरु भएको समेत आयोजकले जानकारी दिएको छ ।

















चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
प्रतिक्रिया