जनसेवा सहकारीको वार्षिक कारोबार सात करोड ३६ लाख भन्दा बढी

खोटाङ। जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार सात करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक कारोबार पुँजी सात करोड ३६ लाख ६१ हजार २८४ रुपैयाँ पुगेको हो ।
जालपामा शनिबार सम्पन्न २६औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ६६ लाख ८४ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत ०५३ सालमा स्थापना गरिएको सहकारीको सेयर पुँजी ८१ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
हाल पाँच करोड ८८ लाख ६६ हजार ७६७ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको २०७८/०७९ को प्रगती प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीले आठ लाख ५१ हजार ९५६ शेयर लाभांश वितरण गरेको छ । साधारणसभाले भावी निती तथा कार्यक्रम, प्रस्तावित बजेट, लेखा परीक्षण, विद्यान संशोधन लगायत पारित गरेको छ ।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया