आइतबार, चैत ८, २०८२

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

मेरोन्यूज २०७९ पुष २६ गते ११:४४

काठमाडौं ।  सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

Advertisement
nepal life insurencenepal life insurence

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।


 

प्रतिक्रिया