झापामा दूषित र न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा

झापा। झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।
कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल जिल्लाबाहिर पठाएका छौँ”, उनले भने, “केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ ।”
प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक/एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ । “खाद्य गुण नियन्त्रण गर्न हामी लागि परेका छौँ”, उनले भने, “पुराना फाइल पनि छन्, तिनीहरुलाई पनि किनारा लगाउँदै नयाँमा काम–कारबाही अगाडि बढाइरहेका छौँ ।”
चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको तथा सीमित जनशक्ति भएकाले भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । कार्यालयअन्तर्गत इलामका ६२ होटल व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर एवं होटल व्यवसायीले पालना गर्नुपर्ने मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
झापाको मेचीनगरमा स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिका लागि खाद्य स्वच्छता अभिमुखीकरण, उपभोक्ता भेला लगायतका कार्यक्रम गरिएको छ । सडक खाना (स्ट्रिट फुड) व्यवसायीलाई स्वच्छतासम्बन्धी तालिम दिने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, पानीपुरी, चटपटे, ठेला पसल व्यवसायीलाई भेला गराएर एकदिने तालिम दिन लागिएको कार्यालय प्रमुख भट्टराईले बताएका छन् ।
















इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
प्रतिक्रिया