आइतबार, चैत ८, २०८२

सेयर बजार दोहोरो अंकले गिरावट, कारोबार रकम रेकर्ड

मेरोन्यूज २०७९ पुष २६ गते १५:३८

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लाग्दा पाँच अर्ब बढीको कारोबार भएको थियो ।

मंगलबार २५४ कम्पनीको कारोबार हुँदा दुई करोड आठ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा सात अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
 
यस्तै, आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

दोश्रोमा एपीआई पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  

यस्तै, कूल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ ।

प्रतिक्रिया