आइतबार, चैत ८, २०८२

विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय

मेरोन्यूज २०७९ पुष २७ गते ९:२५

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि रु २० हजार दिने निर्णय गरेको छ । बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्थाका लागि रु २० हजार तथा आंशिक घर क्षति भएमा मर्मतका लागि रु १० हजार, गोठ आगलागीबाट पूर्णरूपमा नष्ट भएमा रु आठ हजार र अन्य कारणबाट गोठ पूर्ण नष्ट भएमा रु आठ हजार प्रतिपरिवारलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

विपद्मा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोगस्वरुप प्रक्तिव्यक्ति रु पाँच हजार यातायात खर्च दिइने भएको छ । रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई रु पाँच हजार सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिए ।

विपद्का कारण पशु चौपाया मरेमा प्रतिमाउ भैँसी रु सात हजार, गाई–गोरु रु पाँच हजार, माउबाख्रा र बङ्गुर रु पाँच हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । साथै बिहादी गाउँपालिकाले ११औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मङ्गलबार गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया