थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।















कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया